दैलेख : राष्ट्रिय युवा संघ नेपाल दैलेख ८ औँ जिल्ला अधिबेशनबाट अध्यक्षमा जीवन शाही चयन भएका छन् । संघको आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट शाहीलाई सर्वसम्त अध्यक्षमा चयन गरेको हो ।
शाहीको अध्यक्षतामा ४३ सदस्यीय जिल्ला कमिटी गठन गरिएको जनाइएको छ । युवा संघ उपाध्यक्षमा हिक्मत वली, सचिवमा चेतन जैसि, उपसचिवमा देवेन्द्र शाही, उपसचिव गोविन्द गुरुङ सहीत ४३ सदस्यिय जिल्ला कमिटी चयन गरिएको जनाइएको छ ।
युवा संघको भेलालाई सम्बोधन गर्दै एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले समाज परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले युवा संघले जनताको पक्षमा काम गर्नुपर्ने बताए । अध्यक्ष शर्माले एमालेले गरेका कामहरु जनता माझ पु¥याउनु युवा संघको दायित्व हुने बताए ।
‘पार्टीका लागि युवा संघको भूमिका महत्वपूर्ण हुन्छ, समाज निर्माणमा युवाहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्दछ, एमालेले मुलुकको विकास र समृद्धिका लागि गरेका कार्यहरु तल्लो स्तरका नागरिक माझ पु¥याउनु पार्टीका सबै भातृ संघ संगठनको काम हो’, अध्यक्ष शर्माले भने ।











